images
images

प्रदेश र स्थानीय तहका लागि सरकारले छुट्यायो सवा ४ खर्ब  अनुदान


  • 428
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    प्रदेश र स्थानीय तहका लागि सरकारले छुट्यायो सवा ४ खर्ब  अनुदान

    काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहका लागि ४ खर्ब २५ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आइतबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो बराबर बजेट विनियोजन गरेका हुन् । 

    यस अनुसार समानीकरण अनुदानतर्फ १ खर्ब ६१ अर्ब ६६ करोड, सशर्त अनुदानतर्फ २ खर्ब ४० अर्ब ८९ करोड, समपुरक अनुदानतर्फ ६ अर्ब ३० करोड र विशेष अनुदानतर्फ ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन भएको छ । 

    यसबाहेक राजश्व बाँडफाँटतर्फ सो आर्थिक वर्षमा १ खर्ब ६३ अर्ब ३ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान समेत बजेट वक्तव्यमा गरिएको छ ।


    images

    Logo