images
images

बढ्दो क्रममा आयात, चैतमामात्रै पौने २ खर्बको आयात, १४ अर्बको निर्यात


  • 654
    SHARES
  • २०७८ बैशाख १० गते शुक्रबार

    बढ्दो क्रममा आयात, चैतमामात्रै पौने २ खर्बको आयात, १४ अर्बको निर्यात

    काठमाडौं । चैत महिनामामात्रै पौने २ खर्बको आयात र १४ खर्ब मूल्य बराबरको मालवस्तु निर्यात भएको छ । कोभिडका बेला केही घटेको आयात पछिल्लो महिनामा बढ्दै गएको थियो । चैत महिनामा सो आयात बढेर १ खर्ब ६७ अर्ब ४० करोड पुगेको हो । सो महिनामा नेपालबाट विदेशी बजारमा  १३ अर्ब ९८ करोडको मालवस्तु निर्यात भएको छ । चैत महिनामा भएको मालवस्तुको आयात निर्यातबाट सरकारले ४९ अर्ब ६६ करोड रुपैयाँ राजस्व असुली गरेको छ । 

    यी हुन बढी आयात भएका १० वस्तु

    चैत महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ । १० उत्कृष्ट वस्तुको सूचीमा डिजेलसहित भटमासको कच्चा तेल, एमएस विलेट, एलपी ग्यास, पेट्रोल, तयारी कपडा, मोवाइल टेलिफोन, सुन, पोलिथिन दाना र चाँदी परेका छन् । 

    aa.JPG

    चैतमा यी वस्तु भए बढी निर्यात

    चैत महिनामा भटमासको प्रशोधित तेल, अलैंची, सेन्थेटिक यार्न, उनी गलैंचा कार्पेट, धातुका अन्य अवशेष, फलफूलको जुस, तयारी पोशाक, जुटबाट बुनिएका कपडा, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा बढी निर्यात हुने १० वस्तुको सूचीमा परेका छन् ।

    bb.JPG

    आयात घटेका १० वस्तु 

    चैत महिनामा हातहतियार, कच्चा पाम तेल, खाद्यन्न (मकै) हवाइजहाज र हेलिकप्टरका पार्टपूर्जा, मरिच, सफ्टवेयर, कम्प्युटर सर्भर, ग्यात , सुपारी र सुन्तलाको आयात चैत महिनामा घटेको छ । 

    cc.JPG

    निर्यात घटेका १० वस्तु 

    प्रशोधित पाम तेल, निर्माण सम्बन्धी यन्त्र उपकरण, भुईमा ओच्छाउने कम्बल, जीआईवायर, वेत ताड, तामाका अन्य सामान, किताब, अन्य एलोपेथिक औषधि, जीवजन्तुको दाना, काँच वा डण्डीका ट्युबहरूको निर्यात घटेको छ । 

    dd.JPG

    बढी राजस्व दिने १० वस्तु

    सरकारले चालु आर्थिक वर्षको चैत महिनामा डिजेल, जीप कार र भ्यानहरू, पेट्रोल, मोटरसाइकल, तयारी कपडा, एमएस बिलेट, मोटर साइकल (अन एसेम्बल्ड), एलपी ग्यास,  डब्बल (क्याव पीकअप गाडी, पोलिथिन दानालगायतका वस्तुले बढी राजस्व दिएका छन् । चैत महिनामा ३ सय १८ वटा डब्बल क्याव पीकअपबाट सरकारले ५६ करोड राजस्व असुल गरेको छ भने चैत मोटरसाइक २८ हजार ३० विभिन्न ब्राण्डका मोटरसाइकल आयात भएको छ । 

    ee.JPG

     


    images

    Logo