images
images

फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरले बनायो कार्यदल


  • 548
    SHARES
  • २०७९ जेठ १६ गते सोमबार

    फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरले बनायो कार्यदल

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि कार्यदल गठन भएको छ । महानगरपालिकाको आज बसेको कार्यसमितिको बैठकले मेयरको नेतृत्वमा उपमेयर र महानगरमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्य प्रतिनिधित्व हुनेगरी यस्तो कार्यदल गठन गरिएको हो । 

    उक्त समितिमा मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल रहनेछिन् । नेपाली काँग्रेसबाट २ जना, एमालेबाट उपमेयरबाहेक थप १ जना र समाजवादी पार्टीका इश्वरमान डंगोल सदस्य छन् । कार्यदलको सदस्य सचिवमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनेछन् । 


    images

    Logo