images
images

बालेनको प्रशंसा गर्दै देउवाले भने, ‘तपाइँले चमत्कार गर्नुभयो’


  • 499
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    बालेनको प्रशंसा गर्दै देउवाले भने, ‘तपाइँले चमत्कार गर्नुभयो’

    काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । निर्वाचित भएर कार्यभार सम्हालेपछि बालेनले मेयरको रुपमा प्रधानमन्त्रीसँग पहिलो भेट गरेका हुन् । 

    भेटघाटको क्रममा देउवाले बालेनलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए । देउवाले बालेनले काठमाडौंमा चमत्कार गर्न सफल भएको भन्दै प्रशंसा समेत गरेका थिए । 

    ‘तपाइँले चमत्कार गर्नुभयो । अब काठमाडौंलाई राम्रो बनाउन यसैगरी काम गर्नुहोला तपाइँले गर्न लाग्नुभएका राम्रा कामलाई हामी सहयोग गर्छौं, पार्टी र सरकार दुवैबाट सहयोग हुन्छ’, भेटमा प्रधानमन्त्रीले भनेका थिए । 

     


    images

    Logo