images
images

सोर्स लगाएर छात्रवृत्ति


  • 510
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    सोर्स लगाएर छात्रवृत्ति

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स लगाइदिन भनी टिपाइएका हुन्।

    फलानो स्कुललाई छात्रवृत्तिका लागि भनिदिनु पर्‍यो भन्न अभिभावकहरू उनीकहाँ आउँछन् । दैनिक ५ जनासम्मको नाम टिप्ने गरेको जानकारी दिँदै उनले आफ्ना कोट, पाइन्टका खल्तीमा पनि त्यस्ता नाम लेखिएका कागजका टुक्रा थुप्रै रहेको सुनाए। एडुसञ्जालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, “भन्न आएकालाई निराश पार्नु भएन, त्यसैले उनीहरूका नाम टिप्छु तर आजका मितिसम्म कसैलाई पनि फलानोलाई छात्रवृत्ति दिनू भनेर भनेको छैन।” ।

    मन्त्रालयका प्रवक्तासमेत रहेका शर्माले दलका नेता, कार्यकर्ता, कर्मचारीलगायत छात्रवृत्तिको सोर्स लगाउन आउने गरेको बताए। उनले थपे, “बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति पाउने चार जना विद्यार्थीका अभिभावक उच्चपदस्थ जागिरे रहेको पाइएपछि तत्काल ती विद्यार्थीको नाम हटायौँ। पाउनुपर्नेभन्दा पहुँचका आधारमा छात्रवृत्ति वितरणको समस्या छ।” 


    images
    images

    Logo