काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ७ प्रदेशमा कुल १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख र उपमहानगरपालिकालाई १० अर्ब ४२ करोड ३१ लाख बजेठ विनियोजन भएको छ ।
त्यसैगरि, नगरपालिकाले १ खर्ब ३३ अर्ब ४६ करोड २ लाख रुपैयाँ र गाँउपालिकाले १ खर्ब ४६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ बजेट पाएका छन् ।
७ प्रदेशका लागि गरिएको कुल बजेटमध्ये सबैभन्दा धेरै बजेट पाउने प्रदेशमा बागमती प्रदेश रहेको छ । जसले आगामी आर्थिक वर्षका लागि कुल २० अर्ब ३२ करोड ६६ लाख रुपैयाँँ पाएको छ । त्यस्तै सबैभन्दा कम बजेट गण्डकी प्रदेशमा परेको छ । गण्डकीले १६ अर्ब ५४ करो ३२ लाख रुपैयाँ मात्रै पाएको छ ।
प्रदेश १ लाई १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने मधेस प्रदेशले १९ अर्ब १५ करो ९ लाख रुपैयाँ पाएको छ । त्यसैगरि लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ अर्ब रुपैयाँ बराबरको बजेट पाएको छ ।
त्यस्तै, कर्णाली प्रदेशका लागि १८ अर्ब ३० करोड ६१ लाख बजेट विनियोजन भएको छ र सुदुरपश्चिम प्रदेशका लागि १७ अर्ब ५५ करोड ८३ लाखको कजेट छुट्याइएको छ ।
सरकारले ७ प्रदेशका लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा उक्त रकम विनियोजन गरेको जनाएको छ ।


