काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय ३ दिनमै उल्टिएको छ । जहाज उडाउनुपूर्व उड्ने रुटको मौसमो जानकारी एकीन गर्नैपर्ने व्यवस्थाबाट प्राधिकरण पछि हटेको हो ।
पोखराबाट जोमसोम जाने क्रममा तारा एयरको विमान दुर्घटना भएपछि क्यानले यस्तो निर्णय गरेको थियो । तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको सूचना दिन नसक्ने जनाएपछि यो निर्णय उल्टिएको हो ।
यसअघि वायुसेवा सञ्चालक संघले समेत प्राधिकरणको निर्णय व्यवहारिक नभएको भन्दै निर्णय फिर्ता लिन माग गरेका थिए ।