काठमाडाैं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा माग भन्दा बढी आवेदन परेको छ । आवेदनको माग बढेसँगै क्यापिटलले ‘फ्लेक्सी क्याप फण्ड’को आकार पनि बढाएको छ ।
कम्पनीले सुरुमा १ अर्बको फण्ड जारी गरेकोमा माग बढेपछि बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो । एनआईसी एसशया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई जारी गरेको थियो । यहिँ जेठ १९ गतेदेखि जारी गरेको उक्त फण्डमा जेठ २४ गतेसम्म आवेदन दिन सकिने थियो । तर उक्त फण्ड खरिदका लागि सबैसाधारणबाट उच्च माग आएपछि आवेदन दिने समयका साथै फण्डको आकार समेत बढाएको हो ।
अब सो फण्डका लागि जेठ २५ गतेसम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ । उक्त फण्डको न्यूनतम १ सय इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ । यो फण्ड सात वर्ष अवधिकाे रहेको छ ।
उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १ सय ३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण क्यापिटलले गरेको छ ।


