images
images

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने   !


  • 511
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने   !

    काठमाडौं । सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर  उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै  सवारी नम्बर  आवश्यक पर्ने भएको  छ । सवारी साधनमा    नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लुबुक बोक्नै पर्ने र सवारी साधनको पुरानै    नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन । भेहिकल र जिस्टर प्रणाली (भीआर एस) लागू नहुदाँसम्म   पुरानै    नम्बर आवश्यक रहने यातायात व्यवस्था विभागले जनाएको छ  । 

    सवारी साधनमा    इम्बोस्ड नम्बर लिएपछि भीआर एसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न  मिल्छ  ।  तर सडकमा  ट्राफिक  प्रहरीले जाँच  गर्दा  हाल  भएका  सबै  कागजात  देखाउनुपर्छ  ।  विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले  हाल सबै  कागजात र  प्रमाण कागजी फाइलमा रहेको र  इम्बोस्ड नम्बर प्लेट  लागू  भएपछि  डाटा केन्द्रीय  प्रणालीमा र हने बताए । 

    “भीआर एसबाट सबै सवारीको  नियमन  विभागले  गर्छ  । तत्कालका  लागि  पुरानै नम्बर पनि ब्लुबुकमा  र  हन्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा भीआरएस  लागू भइसकेको  छ । अन्य प्रदे शमा छिट्टै  लागू हुने छ । हाल इम्बोस्ड नम्बर  सम्बन्धित यातायात कार्यालयले  पालो  र लटअनुसार  नयाँ नम्बर  दिँदै  आएको  छ । 


    images

    Logo