images
images

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११


  • 558
    SHARES
  • २०७९ जेठ २९ गते आइतबार

    नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

    काठमाडौं । नेपाली बजारमा रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोन बन्न सफल भएको छ । इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकर, क्यु वान २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहन सफल भएको हो ।  

    शाओमीले, पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान  कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको छ ।

    रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एस१ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । 

    साथै, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । अहिले नेपालमा शाओमीले देश भरिमा ३ हजारभन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ भन्दा बढि अधिकृत स्टोरहरू स्थापित गरेको छ । 


    images

    Logo