काठमाडौं । टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा आएको छ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको हो ।
भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ ।
२५ किलो भोल्ट देखि १ सय २५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ । यसले निरन्तर विद्युत प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने कम्पनीले जनाएकोे छ ।
“हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौ । टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरुको मार्फत आफ्नो आफ्नो ग्राहकहरुको बदलिँदो इच्छा र आकांक्षा पूरा गर्ने तर्फ कटिबद्ध छ ।” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णन बताउछन् ।
सीपीसीबी २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरि उत्कृष्ट कार्यक्षमता देखाउँछ । यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।
निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त रशेको समेत कम्पनीले जनाएको छ ।


