काठमाडौं । कर छलेको अभियोगमा राजश्व अनुसन्धान विभागले १६ जना विरुद्ध मुद्दा चलाएको छ । नक्कली भ्याट बिल प्रयोग गरि कर छली गरेको आरोपमा विभागले सो संख्यामा अभियुक्त कायम गरी मुद्दा चलाएको हो ।
यसरी मुद्दा चलाउनेहरुमाललितपुरस्थित अनिल गुप्ता एण्ड एशोसिएट्सका प्रोपाइटर अनिल गुप्ता, अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर प्रवीणकुमार महतो, काठमाडौंको थापागाउँस्थित सन्ध्या ट्रेडर्सका प्रोपाइटर अभिनव महतो कोइरी, बसुन्धरास्थित लक्की ट्रेड लिंकका प्रोपाइटर अकली हजार दुसाद, काठमाडौंकै मुअन ट्रेडिङ कन्सर्नका प्रोपाइटर मुअन महरा, कालीमाटीको दिब्या इन्टरप्राइजेजका रामचन्द्र माझी, बसुन्धराकै निकी के ट्रेडर्सका भुलावन महरा चमार, काठमाडौंको तारकेश्वरको एनकेडी सप्लायर्सका दीपककुमार कायस्थ छन् ।
त्यस्तै, सीतापाइलास्थित जी एन ट्रेडर्सका ओकिल देवान, कलंकीको सुवर्ण ट्रेड लिंकका सरोज श्रेष्ठ, खुसिबुँस्थित सञ्जय इन्टरनेशनल इन्टरप्राइजेजका सञ्जय श्रेष्ठ, कुलेश्वरको अंशु ट्रेड लिङ्कका वाणेश्वर महतो, ओमबहालस्थित कोमल ट्रेड लिङ्कका सरोज ढकाल, पुरानो बनोश्वरको पीएनआर इन्टरप्राइजेजका राधेश्यामप्रसाद साह, कालीमाटीको आयान ट्रेड लिंकका रत्नगोपाल श्रेष्ठ र सर्लाही स्थायी घर भई हाल नख्खु बस्ने अञ्जु गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको छ ।
उनीहरु विरुद्ध नक्कली बिलमार्फत् २ अर्ब १९ करोड ८७ लाख रुपैयाँ कर छली गरेको अभियोग सहित सोही बराबरको बिगो र जरिवाना मागदाबी गरिएको छ । नक्कली बिलमार्फत् ६४ करोड ५० लाख रुपैयाँ बराबरको मुल्य अभिवृद्धि कर र १ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बराबरको आयकर छली गरेको विभागले जनाएको छ ।


