images
images

अर्थमन्त्रीलाई महँगो पर्दै बजेट, फिर्ता बोलाउन गृहकार्य


  • 468
    SHARES
  • २०७९ जेठ ३० गते सोमबार

    अर्थमन्त्रीलाई महँगो पर्दै बजेट, फिर्ता बोलाउन गृहकार्य

    काठमाडौं । बजेटमा गरिएको व्यवस्था र व्यवहार अर्थमन्त्री जनार्दन शर्मालाई महँगो पर्ने देखिएको छ । केही व्यापारीको स्वार्थको लागि बजेटको दुरुपयोग गरेको आरोप बढ्दै गएपछि सरकारमा उनको भविष्यबारे प्रश्न समेत उठ्न थालेको छ । 

    पछिल्लो समय बजेट निर्माण प्रक्रियामा समेत अस्वभाविक रुपमा बाहिरी व्यक्तिलाई संलग्न गराएको भन्दै उनीमाथि दबाब सुरु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी र सत्तापक्षका सांसदले समेत उनको त्यस्तो व्यवहारबारे प्रश्न उठाएका थिए । 

    उता व्यवसायीहरुले समेत कुनै अमुक व्यापारीको फाइदाका लागि विभेदकारी नीति लिइएको भन्दै माओवादी अध्यक्ष प्रचण्डसँग औपचारिक अनौपचारिक रुपमा गुनासो गरेका थिए । सो गुनासोपछि प्रचण्डले उनलाई सरकारबाट फिर्ता ल्याउनेबारे छलफल गर्न सुरु गरेको बताइएको छ । 

    विनियोजन विधेयकमाथि छलफल सकिएपछि मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसबेला शर्मालाई समेत फिर्ता बोलाउने गृहकार्य  गरिएको छ । 


    images

    Logo