images
images

उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना


  • 446
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना

    काठमाडौं । काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।

    तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।

    गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ।

    सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ छ। दैनिक पेटको समस्या लिएर आउने बिरामीमध्ये ४० प्रतिशतमा दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भएको पाइएको सोही अस्पतालका चिकित्सक डा. अफतार जावेदले बताए।

    पेटको समस्या लिएर आएकामध्ये केहीलाई लाक्षणिक उपचार गरी पठाउने गरेको र कीटाणु भेटिएकाहरूलाई एन्टिबायोटिक नै दिएर उपचार गर्ने गरेको डा। जावेदको भनाइ छ । सो अस्पतालमा उपचारका लागि पुग्नेहरू धेरैजसो दूषित पानी र खानाको कारण बिरामी भएको पाइएको उनले बताए। 


    images

    Logo