images
images

परेली समुहले नेपालमा पहिलो पटक ल्यायो थर्मो फेसिएल किट, यस्ता छन् विशेषताहरु


  • 858
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    परेली समुहले नेपालमा पहिलो पटक ल्यायो थर्मो फेसिएल किट, यस्ता छन् विशेषताहरु

    भक्तपुर । परेली समुहले नेपालमा पहिलो पटक थर्मो फेसिएल किट बजारमा ल्याएको छ । थर्मो फेसिएल किटको यहाँ आयोजित एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

    बिगत १२ बर्षदेखि यस क्षेत्रमा काम गर्दै आएको गु्रपले बजारमा ल्याएको किटले छालाको चाउरीपना र अनुहारको चाँयाँपोतो हटाउने तथा बुढ्यौलीपना घटाउने गु्रपका अध्यक्ष एबं अनुसन्धानकर्ता मोहन अर्यालले बताए । गु्रपले कपाल सम्बन्धि सामग्री  उत्पादनको क्षेत्रमा काम गर्दै आएको भए पनि यस पटक दश बर्षको अनुसन्धानपछि यो किट उत्पादन गरी बजारमा ल्याएको अर्यालले बताए । एक जनाका लागि यसको मुल्य ७ सय पर्दछ ।

    एक प्याकको ४ हजार २ सय पर्दछ भने एक प्याकले ६ जनालाई प्रयोग गर्न मिल्ने गु्रपका निर्देशक रहनु भएका सौन्दर्य बिज्ञ मेनुका शिवाकोटीले बताए । थर्मो फेसिएल किटको नेपाल ब्युटिसियन संंघका केन्द्रीय अध्यक्ष भगवती खड्का,महिलानेतृ एबं समाजसेवी सरु बाँनिया,आईसीटी टे«निङ्ग सेन्टरका प्रमुख सौन्दर्य प्रशिक्षक शोभा अर्याल लगायतले सार्वजनिक गरेका थिए ।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष खड्काले सरकारले सौन्दर्य ब्यबसायीहरुको आवाजलाई उपेक्षा गरेको बताए । उनले सौन्दर्य ब्यबसायी स्वरोजगारमुलक श्रमिक भएको भन्दै सबै मिलेर यस क्षेत्रको बैधानिकता प्रदान गर्न र ब्यबस्थित गर्न सकृय हुनुपर्ने बताए ।
    महिला नेतृ सरु बानियाँले युवा ब्यबसायी मिलेर नेपालमै केही गर्न खोजेको भन्दै नेपाली उत्पादनलाई माया गर्नुपर्ने बताइन् ।
    जुन क्षेत्रमा काम गर्ने भए पनि महिलाका मुद्दा साझा मुद्दा भएको र अब महिला आत्मनिर्भरताको बाटोमा हिड्नुपर्ने उनको भनाई थियो ।
    सो अवसरमा गु्रपका निर्देशक रहनु भएका सौन्दर्य बिज्ञ शिवाकोटीले किटको ब्यबहारिक प्रयोगको प्रदर्शन गरेका थिए ।
    कार्यक्रममा अग्रज सौन्दर्य ब्यबसायीहरु शान्ति शर्मा,उर्मिला कार्की,बेन्जु शाह,सरिता हमाल ग्रुपका निर्देशक भानु ढुंगाना,हसिना श्रेष्ठ,रिना आचार्य लगायत  भक्तपुरका सौन्दर्य ब्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


    images

    Logo