images
images

बाग्मती प्रदेशको बजेट ७० अर्ब  ९२ करोड ९३ लाख (पूर्णपाठसहित)


  • 362
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    बाग्मती प्रदेशको बजेट ७० अर्ब  ९२ करोड ९३ लाख (पूर्णपाठसहित)

    हेटौंडा । बागमती प्रदेशले ७० अर्ब ९२ करोड ९३ लाखको बजेट ल्याएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक योजानमन्त्री शालिकराम जम्मरकट्टेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । 

    उक्त बजेटमध्ये चालु खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब खर्चको अनुमान गरिएको छ । वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई ८ अर्ब ३५ करोड ३७ लाख हस्तान्तरण गर्ने जनाइएको छ ।

    स्रोततर्फ आगामी वर्ष वाग्मती प्रदेशले २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, रोयल्टी लगायत अन्य राजश्वबाट ६ अर्ब ४४ करोड २२ लाख संकलन हुने अनुमान गरिएको छ । 

    त्यस्तै, संघीय सरकारको वित्तीय हस्तान्तरणबापत २१ अर्ब ६ करोड ८७ लाख तथा यो वर्षको चञ्चित रकम र अन्य आम्दानीबापत १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिने उल्लेख गरिएको छ । 


    images

    Logo