images
images

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट


  • 366
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट

    जनकपुर । मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशसभाको आजको बैठकमा उक्त बजेट ल्याएका हुन् । 

    कुल बजेट मध्ये चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख, पुँजीगत तर्फ २५ अर्ब ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १६ करोड विनियोजन गरिएको छ । 


    बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड रुपैयाँ संकलन गरिने जनाएको छ । त्यस्तै, संघीय सरकारको राजस्व बाँडफाँड ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ, समानीकरण अनुदानमार्फत ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट हुने ९ अर्ब ६६ करोड बचतलाई समेत बजेटमा समावेश गरिएको छ । 

    त्यस्तै, संघीय सरकारको विशेष अनुदानबाट ४९ करोड रुपैयाँ, समपूरक अनुदानबाट ७८ करोड रुपैयाँ, सशर्त अनुदानबाट १० करोड रुपैयाँ र युनिसेफबाट प्राप्त गरिने अनुदानबाट ४ करोड ३५ लाख ४७ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । १ अर्ब ८२ करोडरुपैयाँ भने प्रदेश सरकारले आन्तरिक ऋण परिचालन गर्ने जनाएको छ ।


    images

    Logo