धनगढी । लुम्बिनी प्रदेशले ४२ अर्ब ६३ करोड रुपैयाँ बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा आर्थिक योजना तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले उक्त बजेट प्रस्तुत गरेका हुन् । सो बजेटमध्ये चालुतर्फ १३ अर्ब ३२ करोड रुपैयाँ, पुँजीगत तर्फ २४ अर्ब ४७ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तर्फ ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।
सो बजेटको स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ, राजश्व बाँडफाँटबापत १५ अर्ब ३५ करोड २४ लाख, रोयल्टीबाट ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, संघीय सरकारको वित्तीय समानिकरणबापत ८ अर्ब ५४ करोड १७, सशर्त अनुदानबापत ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबापत ७३ करोड ९० लाख र विशेष अनुदानबापत ४८ करोड ३५ लाख प्राप्त हुने अनुमान गरिएको छ । चालु वर्षको बचतबापत ४ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ जुटाउने प्रस्ताव गरिएको छ ।
यस्ताे छ बजेटको पूर्णपाठ


