काठमाडौं । आर्थिक वर्ष २०७९/८० को संघीय बजेट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले बजेटको मुख्य अंगको रुपमा रहेको विनियोजन विधेयक पारित गरेको हो ।
यसअघि विनियोजन विधेयकको सम्बन्धमा सैद्धान्तिक र दफावार छलफल भएको थियो । छलफलको क्रममा सम्बन्धित मन्त्रालयको विनियोजनको सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
आजको बैठकमा अर्थ मन्त्रालयको विनियोजनको सम्बन्धमा जवाफ दिने क्रममा एमालेले संसद अवरोध र बहिस्कार गर्यो । अनधिकृत व्यक्तिलाई घुसाएर करको दरमा तलमाथि गरेको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा मागेको एमालेले अर्थमन्त्री जवाफमा आएपछि अवरोध र बहिस्कार गरेको थियो । एमालेको अवरोधबीच सभामुखले बैठक अघि बढाएका थिए ।
आजको बैठकमा प्रधानमन्त्री कार्यालयको तर्फबाट प्रधानमन्त्रीले दिनुपर्ने जवाफ गृहमन्त्रीले दिन लागेपछि प्रतिपक्षी दलले आपत्ति जनाएका थिए ।
प्रतिनिधिसभाबाट पारित भएपछि उक्त बजेट अब राष्ट्रियसभामा जानेछ ।


