काठमाडाैं । नेपालमा मङ्कीपक्स भाइरससँग मिल्ने लक्षण भएका व्यक्ति फेला परेपछि अस्पताल भर्ना गरिएको छ ।
बिहीबार दुबईबाट नेपाल आएका ३६ वर्षीय पुरुषमा मङ्कीपक्स भाइरससँंग मिल्ने लक्षण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका निर्देशक डा. मनीषा रावलले छ महिनाअघि दुबई गएका ती व्यक्तिमा मङ्कीपक्सको लक्षण देखिएको बताउँदै मङ्कीपक्स होइन भनेर भन्नसक्ने अवस्था नरहेको बताए ।
उनले बिरामीलाई अब्जरभेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए । बिरामीलाई ज्वरो आउने, शरीर भरि मङ्कीपक्सको जस्तो बिमिरा आउने लक्षण देखिएको छ । बिरामीको परीक्षणका लागि प्रयोगशालामा फोकाको नमुना पठाइएको छ ।


