काठमाडौं । उपमेयर सुनिता डंगोलको परिकल्पना गरेको एमपी थिएटर निर्माण गर्ने योजना काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । आज महानगरले नगरसभामा पेश गरेको कार्यक्रममा सो योजना समेटिएको हो ।
सुनिताले चुनावी प्रचारका क्रममा बालेनलाई लक्षित गर्दै चुनावमा उठेका कलाकार र्यापरका लागि एमपी थिएटर निर्माण गरिदिने घोषणा गरेकी थिइन् ।
उनको जवाफमा बालेनले उपमेयर नाच्ने र मेयर गाउने गर्दा राम्रो पनि हुन्छ भन्दै प्रतिउत्तर गरेका थिए । अहिले उनै बालेनले सुनिताको योजना समेटेका हुन् ।