images
images

एसपीपी फिर्ता लिन सेनालाई निर्देशन दिने सरकारको निर्णय


  • 527
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    एसपीपी फिर्ता लिन सेनालाई निर्देशन दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो । 

    सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए । 

    सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ । अमेरिका भ्रमणको पूर्व मन्त्रिपरिषद्बाट यस्तो निर्णय गराएर देउवाले राष्ट्रहित विपरितका सम्झौता नहुने प्रष्ट सन्देश दिन खोजेका छन् । 


    images

    Logo