images
images

भोलिदेखि हवाइ सेवा फेरि बन्द, टिकट काटेका समेत उड्न नपाउने


  • 767
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    भोलिदेखि हवाइ सेवा फेरि बन्द, टिकट काटेका समेत उड्न नपाउने

    काठमाडौं । भोलिदेखि हवाइ सेवा बन्द हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै आकस्मिक बाहेकका सबै हवाइ सेवा बन्द गर्ने घोषणा गरेका हुन् । 

    त्रिभुवन विमानस्थलमा पार्किङ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २० वटा जहाजलाई अन्य विमानस्थलमा पठाउने निर्णय गरेपछि सञ्चालकहरुले विरोधस्वरुप यस्तो कदम चाल्न लागेका हुन् । उनीहरुले यस्तो निर्णय गर्दा आफूहरुलाई नसोधिएको दाबी समेत गरेका छन् । 

    विमान सेवा बन्द हुने भएपछि अहिले टिकट काटिएका यात्रु समेत उड्न नपाउने भएका छन् । उनीहरुले टिकटका लागि तिरेको पैसा फिर्ता हुने संघले जनाएको छ । 


    images

    Logo