images
images

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर


  • 495
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

    काठमाडौं । अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।

    त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका  एक  दर्जनभन्दा  बढी  करार  कर्मचारीलाई  हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् ।

    उनीहरूको काम कार्यालयमा आउने,  हाजिरी  गर्ने  अनि  तलब  भत्ता  लिने  मात्र  भएको कार्यालयकै कर्मचारी बताउँछन् । कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ । 

    काठमाडौँ  उपत्यका  विकास  प्राधिकरणका  प्रमुख  विकास  आयुक्त  जानुका  ढकालले  बाहिरी  चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उनले स्वीकार गरे ।


    images

    Logo