नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
506
SHARES
२०७९ आषाढ ९ गते बिहीबार
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।बुधबार बसेको बढुवा समिति बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ ।
त्यसैगरि टेकबहादुर तामाङ, उमेशराज जोशी भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवाका लागि समितिले सिफारिस गरेको छ ।