images
images

मानव कल्याण समाजलाई पाँच करोडको भवन 


  • 940
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    मानव कल्याण समाजलाई पाँच करोडको भवन 

    धुलिखेल । बेवारिसे सडक मानव मुक्त काभ्रे जिल्ला निर्माण अभियानका लागि धुलिखेल नगरपालिकाले  मानव कल्याण समाजलाई ५ करोडको भवन हस्तान्तरण गरेको छ । बाग्मति प्रदेश सरकार शहरि विकास मन्त्रालयको अनुदानमा धुलिखेल १२ संखुमा निर्माण भएको सो  भवन धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गरेका हुन ।

    करिव १० रोपनी क्षेत्रफलमा ५ करोड रूपियाँको लागतमा बनेका चार वटा भवन नगरपालिकाले मानव कल्याणलाई उपलब्ध गराएको हो । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार २०७२ सालको भुकम्प पछि भक्तपुरका सडक मानवलाई खाना, खाजा ख्वाएर शुरू भएको अभियान अन्तरगत हालसम्म ७ सय जनाको उद्वार गरिएको छ । 

    bhaktapur1.jpg

    हाल मानव कल्याणका भक्तपुर, काभ्रे र दाङ शाखामा गरी दुई सय जना आश्रित छन् । भक्तपुरकै नलिनचौकमा छुट्टै बाल सेवागृह सञ्चालनमा रहेको  बालसेवा गृहमा ३५ जना वेसहरा बालबालिका छन् । 

    कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख अशोक कुमार ब्यान्जुले मानव कल्याण समाजको  सेवा घरलाई जहा समस्या पर्छ त्यहाँ नगरपालिकाले सम्पुर्ण जिम्मेवारि लिने प्रतिबद्दता व्यक्त गरे ।

    धुलिखेल १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षता सम्पन्न  कार्यक्रममा  धुलिखेल नगरपालिकाकी पुर्व उपप्रमुख बिमला शर्मा, भक्तपुरको सुर्यविनायक नगरपालिकाकी पुर्व उपप्रमुख जुना बस्नेत, सेवा घरका अभिभावक तथा संरक्षक बाल मुकुन्द सुवालले मानव कल्याण समाजले पुर्‍याएको योगदानको खुलेर प्रसंशा गरेका थिए । 

    bhaktapur2.jpg

    समारोहमा धुलिखेल १२ का पुर्व वडाअध्यक्ष हर्क बहादुर तमाङ्, सेवा घरका अभिभावक तथा पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, राष्ट्रिय सन्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, प्रहरी नयाब उपरीक्षक हरि खतिवडा, काभ्रे उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षेको सहभागिता रहेको थियो ।

     त्यसैगरी कलकल ग्रुप प्रालिका सिईओ रगिता बस्नेत, सेवा घरका अभिभावक बलराम थापा, समाजसेवी हिरा सिंह तामाङ, समाजसेवी खाइबा लामा, बिष्णु शर्मा र कृष्ण मणि कुइकेल, देवडोल जीवन योग प्रयोगशाला, केयु योग साधना केन्द्र, मानव सहायता समुह नेपाल, युनाइटेड पिस किरण क्लव, हाम्रो परिवार राम्रो परिवार लगायत, स्थानिय समाजसेवी, भद्रभलाद्मि, सहयोगि, शुभेक्षुक, शुभचिन्तक, अभिभावक लगायतकाको उपस्थिति रहेको थियो । 

    यसैबीच सेवा घरको सेवाबाट प्रभावीत भई धुलिखेल १२ का पुर्व वडा अध्यक्ष हर्क बहादुर तामाङ र वडा शदस्य गोपि कृष्ण श्रेष्ठले जनहि एक लाख पाच हजार रूपिया प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै उत्तम राजभण्डारीले २५ हजार, भिमलाल श्रेष्ठले १० हजार तथा मन्जु बस्नेत, बलराम खड्का, धन शर्माले ५–५ हजार रूपियाँ सहयोग उपलब्ध गराएका थिए ।

    मझौला व्यवसायी संघका अध्यक्ष कृष्ण लाल श्रेष्ठले  सेवा घरका एक छोरालाई १२ कक्षा सम्मको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका थिए । त्यस्तै काभ्रे उध्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले सबै छोराछोरीलाइ १/१ सेट कपडा उपलब्ध गराउने  प्रतिबद्धता व्यक्त गरेका थिए ।

    bhaktapur3.jpg

    समाजका सचिव बिजय पोखरेलका अनुसार,सरिता थापा, बिजुलि माया कर्माचार्य, सुनिता थापा,भवानि पन्त,रोशना बज्राचार्य, पेशल आचार्य र हाम्रो परिवार राम्रो परिवारले खाध्यान्न, लत्ताकपडा र फलफुल उपलब्ध गराएका थिए ।


    images

    Logo