काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २८ रुपैयाँको दरले मूल्य घटाइएको हो ।
आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।
अहिले लिइँदै आएको कर घटाएर सरकारले पेट्रोलियम पदार्थको भाऊ घटाएको हो । आ पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।
संसदको उद्योग वाणिज्य समितिले शुक्रबार पेट्रोलियम पदार्थको कर आधा घटाउन सरकारलाई निर्देशन दिएको थियो । उता बिहीबार संसदमा बोल्दै उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले मूल्य घटाउने संकेत समेत गरेका थिए ।