images
images

‘बैंकमा पैसा राखेर ब्याज खान आएका होइनौं, लगानी गछौं’


  • 559
    SHARES
  • २०७८ बैशाख १० गते शुक्रबार

    ‘बैंकमा पैसा राखेर ब्याज खान आएका होइनौं, लगानी गछौं’

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीको लगानीमा ल्याइने एनआरएन डेभपपमेन्ट फण्ड नेपालमा लगानी गर्ने उद्देश्यले नै आएको बताएका छन् । पूर्वाधार लगानीका लागि खुलेका विभिन्न कम्पनीहरुले पूर्वाधारमा लगानी गर्न नसकेको बरु बैंकमा पैसा राखेर ब्याज खाइरहेको अवस्थामा अध्यक्ष पन्तले आफूहरु बैंकको ब्याज खानेगरी नआएको बताएका हुन् । 

    शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सचिवालयमा पत्रकारहरुसँग कुरा गर्दै पन्तले सो फण्डमा भएको सम्पूर्ण रकम तत्कालै पूर्वाधार क्षेत्रमा लगानी गर्ने बताए । हाल सो कोषको आकार १० अर्ब रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । त्यसमध्ये १ अर्ब ५० करोड रुपैयाँ संस्थापक शेयर र बाँकी ८ अर्ब ५० करोड रुपैयाँ साधारण शेयर हुनेछ । 

    कार्यक्रममा पन्तले सो शेयर नेपाल र सार्क राष्ट्र बाहेकका मुलुकमा बसोबास गर्दै आएका गैर आवासीय नेपालीलाई वितरण हुने समेत बताए । केही दिन अघि अर्थ मन्त्रालयमा उक्त कोषको घोषणा गरिएको थियो । उक्त कोषको अध्यक्ष उपेन्द्र महतो रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई रहेका छन् । 


    images

    Logo