images
images

अपर तामाकोशीको नोक्सानी पौने २ अर्ब पुग्यो, ईपीएस कति ?


  • 822
    SHARES
  • २०७९ श्रावण ३१ गते मंगलबार

    अपर तामाकोशीको नोक्सानी पौने २ अर्ब पुग्यो, ईपीएस कति ?

    काठमाडौं । अपर तामाकोशीको नोक्सानी पौने २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले  सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा कम्पनीको नोक्सानी १ अर्ब ८७ करोड  रुपैयाँ पुगेको हो । गत वर्ष यस्तो नोक्सानी ५ करोड ३४ लाख रुपैयाँ रहेको थियो । 

    असार मसान्तसम्ममा विद्युत बिक्रीबाट ७ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सोही अवधिमा कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । जसले गर्दा खुद नोक्सानी पनि बढ्न पुगेको देखिन्छ।

    असार सम्ममा कम्पनीले प्राधिकरणलाई विद्युत विक्री गरे वापत ७ अर्ब १७ करोड बराबरको बिल पेश गरेको छ । जसमध्ये प्रधिकरणले २०७९ जेठसम्मको आय वापत ५ अर्ब ५२ करोड रुपैयाँ दिएको छ । 

    १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ७३ अर्ब ७८ करोड रुपैयाँ दीर्घकालीन र ५ अर्ब ६३ करोड अल्पकालीन ऋण रहेको छ । सोही समयमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ।


    images

    Logo