images
images

कोरला नाकाबाट चार महिनामा साढे १२ अर्ब बढी राजश्व संकलन


  • 397
    SHARES
  • २०८३ मंसिर ७ गते सोमबार

    कोरला नाकाबाट चार महिनामा साढे १२ अर्ब बढी राजश्व संकलन

    मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी सो नाकाबाट नेपाल भित्रयाइएको थियो ।

     भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो पटक हो । गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम बढेको भन्सार कार्यालय अधिकृत अमिन्द्र सिंहले बताए ।

    उनका अनुसार, चालु वर्षको साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा थप पाँच हजार ६४७ को सङ्ख्यामा ती विद्युतीय नेपाल भित्रिएका हुन् । राजस्व मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । 

    सो कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य नौ अर्ब रहेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत सिंहले जानकारी दिए । कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ । 

    त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ । त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए ।




    images
    images

    Logo