images
images

कर्णालीमा चार महिनामै ११ करोड ९८ लाख राजस्व संकलन


  • 384
    SHARES
  • २०८३ मंसिर ५ गते शनिबार

    कर्णालीमा चार महिनामै ११ करोड ९८ लाख राजस्व संकलन

    सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा यातायात क्षेत्रबाट करिब १२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम वार्षिक लक्ष्यको २८ दशमलव ६ प्रतिशत हो ।

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा यातायात क्षेत्रबाट ४१ करोड ९१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । जसमध्ये साउनदेखि कात्तिकसम्म ११ करोड ९८ लाख ४९ हजार रुपैयाँ संकलन भएको हो ।

    जिल्लागत राजस्व संकलनमा सुर्खेत पहिलो स्थानमा रहेको छ । सुर्खेतबाट वार्षिक ३५ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा चार महिनामा १० करोड १८ लाख ७० हजार रुपैयाँ उठेको छ ।

    त्यसैगरी, जुम्लाबाट वार्षिक दुई करोड २० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म ७३ लाख आठ हजार रुपैयाँ संकलन भएको छ । रुकुम पश्चिममा चार करोड ३० लाख रुपैयाँको वार्षिक लक्ष्य रहेकामा एक करोड ६ लाख ७० हजार रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।

    मुख्यमन्त्री मंगलबहादुर शाहीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रदेशको राजस्व संकलन उल्लेख्य रूपमा बढेको बताएका छन् ।


    images
    images

    Logo