images
images

मोबाइलमा ‘हाई अलर्ट’ सन्देश आउन सक्छ, नआत्तिन सरकारको आग्रह


  • 166
    SHARES
  • २०८३ मंसिर ७ गते सोमबार

    मोबाइलमा ‘हाई अलर्ट’ सन्देश आउन सक्छ, नआत्तिन सरकारको आग्रह

    काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्ने भएको छ । परीक्षणका क्रममा केही मोबाइलमा आपत्कालीन सतर्कतासम्बन्धी ‘हाई अलर्ट’ सन्देश आउन सक्ने भएकाले नआत्तिन सरकारले आग्रह गरेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गर्दै परीक्षणका क्रममा मोबाइलमा प्राप्त हुने आपत्कालीन सन्देशबाट नझुक्किन र नआत्तिन आग्रह गरेका हुन् ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायको समन्वयमा आपत्कालीन प्रसारण प्रणालीको प्रभावकारिता परीक्षण तथा सुरक्षा सतर्कताका लागि यस्तो अभ्यास गर्न लागिएको हो ।

    सम्भावित प्राकृतिक तथा अन्य विपद्का बेला नागरिकलाई समयमै सूचना पुर्‍याई सजग गराउने उद्देश्यले प्रणालीको परीक्षण गर्न लागिएको सरकारले जनाएको छ ।

    1-1795435610.jpeg


    images
    images

    Logo