images
images

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै


  • 241
    SHARES
  • २०८३ मंसिर ७ गते सोमबार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
     
    भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजना उद्घाटन गर्ने भएका छन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 
     
    यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । 
     
    त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी रहेका छन् ।

     




    images
    images

    Logo