विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
बुढाथोकीले २७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कमलप्रसाद गौतमले १३२ मत पाएका छन् । अध्यक्षसहित नौवटै पदाधिकारीमा बुढाथोकी नेतृत्वको प्यानल विजयी भएको छ ।
निर्माण व्यवसायी संघ उदयपुरको कार्यसमिति सदस्यबाट संस्थागत नेतृत्वमा प्रवेश गरेका बुढाथोकीले जिल्ला संघको सचिव हुँदै कोशी प्रदेशको नीतिगत उपमहासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।
महासंघको प्रथम उपाध्यक्षमा रमेश कार्की २४० मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लेखनाथ खत्रीले १५५ मत पाए । द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा २३३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी ऋषिकेश रिजालले १५६ मत प्राप्त गरे ।
तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेतले २६२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी रमेश पौडेलले १३४ मत प्राप्त गरे । महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मतसहित निर्वाचित भए । उनले दुर्गाबहादुर बुर्जा मगरलाई १७२ मतान्तरले पराजित गरे ।
पदाधिकारीमध्ये बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपमहासचिवमा लीलाप्रसाद गुरागाईं २४४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी योगराज दाहालले १४९ मत प्राप्त गरे । अर्का उपमहासचिवमा चन्द्र पाठक २४० मतसहित निर्वाचित हुँदा इन्द्रकुमार कार्कीले १५३ मत पाए ।
कोषाध्यक्षमा किशोर भट्टराई २४३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी सुरेश भट्टराईले १४९ मत प्राप्त गरे । सहकोषाध्यक्षमा मनोजकुमार राई २३३ मतसहित विजयी हुँदा दिलबहादुर गुरुङले १६१ मत पाए ।
आठ सदस्यका लागि भएको निर्वाचनमा लक्ष्मी श्रेष्ठ, उत्तमकुमार पौडेल, सुप्रिम राई, रणबहादुर कार्की, तिलकराज पोखरेल, चन्द्रशेखर सुवेदी, गणेशप्रसाद यादव र सन्तकुमार मेहता निर्वाचित भएका छन् ।



