images
images

पर्यटक भिसामा विदेश जान सरकारको कडाइ, भिसाका लागि के–के चाहिन्छ ?


  • 1.0K
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    पर्यटक भिसामा विदेश जान सरकारको कडाइ, भिसाका लागि के–के चाहिन्छ ?

    काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै कडाइ गरेको हो।

    कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ । पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले  परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ। 

    कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टका साथै आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। 


    images
    images

    Logo