images
images

नेपाल विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाँहिन्छ योग्यता ? 


  • 538
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    नेपाल विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाँहिन्छ योग्यता ? 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । प्राधिकरणले तीनदेखि १० औं तहसम्मका लागि कर्मचारी माग गरेको छ ।

    प्राधिकरणले  ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि कर्मचारी माग गरेको हाे । प्राधिकरणले १०औं तहमा ४ जना, ९औं तहमा ३ जना, ८औं तहमा ५ जना र ७औं तहमा ६४ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, ५औं तहमा मिटर रिडिङ सुपरभाइजर तहमा ३९ जना, लेखापाल प्रशासनमा ३५ जना, सुपरभाइजर प्राविधिक (इलेक्ट्रिकल)मा ६० जना, सुपरभाइजर मेकानिकलमा ७ जना, सुपरभाइजर सिभिलमा ५ जना र ड्राफ्टमेन सिभिलमा १ जना कर्मचारीको माग गरेको छ ।

    त्यस्तै, ४औं तहमा प्रशासनतर्फ सिनियर मिटर रिडर ५८ जना, लेखापालमा ६३ जना, फोरमेन इलेक्ट्रिकल ६९ जना, फोरमेन मेकानिकलमा १४ जना, फोरमेन सिभिलमा ६ जना र ३औं तहको इलेक्ट्रिसियनमा ८१ जना, जुनियर मिस्त्रि ६ जना र जुनियर टेक्निसियन २ जना गरी ५ सय २२ जना कर्मचारीको माग गरेको छ ।

    विज्ञापन अनुसार मिटर रिडरदेखि सह–निर्देशकसम्म माग भएको छ । आवेदन दिन इच्छुक व्यक्तिले असोज २० गतेसम्म सामान्य दस्तुरमा र असोज २७ गतेसम्ममा दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् ।

    notice.jpg


    images

    Logo