images
images

काठमाडौं–तराई द्रुतमार्ग अनिश्चित


  • 619
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    काठमाडौं–तराई द्रुतमार्ग अनिश्चित

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं(तराईरमधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना–बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ।

    समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देश गरेको थियो । 

    तर, शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरी काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले खोकना–बुझ्मती खण्डको स्थानीय विवादको निकासका सम्बन्धमा हालसम्म भएका विभिन्न प्रयासहरुका बाबजुद ठोस निकास ननिस्किएको भन्दै द्रुतमार्ग निर्माणमा बाधा भएको बताए।

    प्रक्रियागत जटिलता फुकाउन अन्तरमन्त्रालय सहजीकरणको आवश्यकता देखिएको भन्दै उनले यसबारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बसेर अर्को हप्ताबाट छलफल अघि बढाउने पनि जानकारी दिए । 


    images
    images

    Logo