काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर आजदेखि खुल्दैछ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले ९५ करोड ३५ लाख रुपैयाँ बराबरको ९५ लाख ३५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ। हकप्रद जारी गर्ने प्रयोजनका लागि भदौ १२ गतेका लागि कम्पनीले शेयरधनी किताब खाता बन्द गरेको थियो ।
भदौ ११ गतेसम्म दोस्रो बजारमा शेयर कारोबार गरी आफ्नो नाममा शेयर कायम गरेका शेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
हाल ६४ करोड ६४ लाख चुक्ता पुँजी रहेको कम्पनीको हकप्रदपछि पुँजी १ अर्ब ६० करोड पुग्नेछ। कम्पनील उक्त हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।


