images
images

नेपाल बैंकको नाफा सवा २ अर्ब, रेगुलेटरी रिजर्भले घटायो वितरणयोग्य नाफा


  • 487
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    नेपाल बैंकको नाफा सवा २ अर्ब, रेगुलेटरी रिजर्भले घटायो वितरणयोग्य नाफा

    काठमाडौं । नेपाल बैंकले सवा २ अर्ब नाफा कमाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा सो बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा करिब १३ प्रतिशत बढी हो । 

    उक्त नाफाको लागि बैंकले ८ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरि ४ अर्ब ८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । शुल्क तथा कमिसन अन्तर्गत खुद ५९ करोड रुपैयाँ कमाएको छ । व्यापामूलक तथा अन्य सञ्चालन आम्दानीकतर्फ समेत गरी कुल आम्दानी करिब ८९ करोड रुपैयाँ कमाएको छ । १५ करोड रुपैयाँ गैरसञ्चालन आम्दानी गरेको छ । 

    यो अवधिमा बैंकले कर्मचारी खर्चमा १ अर्ब ८३ करोड, सञ्चालन खर्चमा ५५ करोड खर्च गरेको छ । यो खर्च अघिल्लो वर्षको भन्दा सामान्य बढी हो । 

    बैंकले चैत मसान्तसम्म १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । २ अर्ब २६ करोड नाफा भए पनि रेगुलेटरी रिजर्भमा ठूलो रकम छुट्याउनुपर्दा वितरणयोग्य नाफा १ अर्ब ७ करोडमा सीमित भएको छ । बैंकले जनरल रिजर्भमा मात्रै ४५ करोड रुपैयाँ राखेको छ । रेगुलेटरी रिजर्भमा थप २८ करोड राखेको छ । 

    बैंकको पुँजीकोष अनुपात १३.६७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.२९ प्रतिशत तथा कस्ट अफ फण्ड ३.४२ प्रतिशत रहेको छ । बैंकको आधारदर ५.९८ प्रतिशत, सीसीडी अनुपात ७५.५५ प्रतिशत र ब्याजको स्प्रेडदर ४.३७ प्रतिशत छ । 


    images

    Logo