images
images

अघिल्लो चुनाव प्राविधिक कारणले मात्रै हारेका हाैं, यसपटक अवश्य जित्छाैं


  • 809
    SHARES
  • २०७९ कार्तिक १३ गते आइतबार

    अघिल्लो चुनाव प्राविधिक कारणले मात्रै हारेका हाैं, यसपटक अवश्य जित्छाैं

    विष्णुराज कार्की भक्तपुर निर्वाचन क्षेत्र नं. २ (क) मा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार हुन् । २० वर्षअघि विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका कार्की पार्टीको महासमिति सदस्य समेत हुन् । यसअघि जिल्ला कार्यसमितिको सचिव भएका काम गरिसकेका उनले २०७४ को स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी समेत थिए । 

    काँग्रेसका लागि सूर्यविनायक क्षेत्र विगतदेखि नै चुनौतीपूर्ण मानिन्छ । अघिल्लो स्थानीय निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभा तथा प्रदेशसभाको अंकगणितले काँग्रेस पछि रहेको यो क्षेत्रमा उम्मेदवार बनेका कार्कीसँग निर्वाचन तयारी, रणनीति र भावी योजनाको सम्बन्धमा केन्द्रित भइ गरिएको संवाद प्रस्तुत गरिएको छ । 

    तपाइँ भक्तपुर २ (क) मा गठबन्धनको उम्मेदवार हुनुहुन्छ । चुनावी तयारीमा कसरी अगाडी बढाइरहनुभएको छ ?

    हामीले विभिन्न कमिटीहरु गठन गरेर चुनावी प्रचारप्रसार अघि बढाइरहेका छौं । चुनाव परिचालन समिति, युवा परिचालन समिति, आर्थिक समिति, महिला परिचालन समिति लगायत समितिहरु बनेका छन् । सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।  

    हामीले पार्टी र गठबन्धन तथा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र सबैको लागि उपयुक्त हुनेगरी समिति बनाएका छौं । समितिले व्यवस्थापन गरेअनुसार विभिन्न भेला आयोजना गर्ने, घरदैलो कार्यक्रम गर्ने लगायत कामहरु हुँदैछन् । हामी सकेसम्म धेरै मतदाताकहाँ पुग्नेगरी प्रचारप्रसार गरिरहेका छौं । सामाजिक सञ्जालको माध्यमबाट समेत प्रचारप्रसारलाई अघि बढाइरहेका छौं । 

    तपाइँले नेपाली काँग्रेसमा रहेर गरेको राजनीतिक योगदान के के हो ? आफ्नो राजनीतिक जीवनको बारेमा व्याख्या गरिदिनुस् न !

    हामी पुख्र्यौली रुपमै काँग्रेससँग आवद्ध भयौं । काँग्रेसको राजनीतिमा लागेकै कारण मेरो हजुरआमा थिरकुमारी कार्की २०१७ सालदेखि २०२२ सालसम्म जेलमा बस्नुभएको थियो मेरो बुबा स्व. श्यामबहादुर कार्की पनि यो क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ गाविसको अध्यक्ष, सुकुम्वासी आयोगको केन्द्रीय सदस्य तथा २० औं वर्षसम्म शिक्षकको रुपमा कार्य गर्नुभएको थियो ।  
    म आफैं पनि २०४९ सालमा नेपाल विद्यार्थी संघबाट स्ववियु चुनावमा लडेको थिए । नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र उपत्यकाको संयोजक र नेविसंघको सहमतिमा नेपाली काँग्रेसको

    एघारौं महाधिवेशनमा जिल्ला सदस्य, बाह्राैं महाधिवेशनमा जिल्ला सचिव भएा । तेह्रौं र चौधौं महाधिवेशनमा म महासमिति सदस्यको रुपमा रहेको छु । 

    पार्टीबाहेक मैलेसामाजिक अभियानताको रुपमा पनि काम गरेको छु । २०७४ सालको स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयरमा थौरै मतले पराजित भएको थिएँ । पराजित भए पनि यो क्षेत्रका लागि मैले निरन्तर रुपमा काम गरिरहेको छु । 

    स्वास्थ्य व्यवसायीको हिसाबले कोभिड महामारीको बेलामा गर्नुपर्नेे यहाँको जनतालाई दिनुपर्ने स्वास्थ्य सेवाका म अग्रसर भएँ । यही कारणले यहाँका जनताले ममाथि विश्वास गर्ने आधार बनेको छ । त्यसैले आगामी निर्वाचनमा मैले नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको हुँ ।  

    सूर्यविनायक क्षेत्रमा विगतदेखिनै एमालेको उपस्थिति बलियो देखिन्छ । स्थानीय निर्वाचनमा पनि यो क्षेत्रमा काँग्रेस पछाडी पर्यो । तपाइँले यसपटक कति चुनौतीको महशुस गर्नुभएको छ ?

    मैले २०७४ सालको चुनाव पनि प्राविधिक कारणले मात्रै हारेको थिएँ । अहिलेको स्थानीय पनि त्यस्तै भयो । अहिले राष्ट्रिय रुपमा जुन गठबन्धन बनेको छ, यसको आवश्यकता र औचित्यबारे जनतालाई प्रष्ट रुपमा बुझाउन नसक्दा यसपटक समस्या भयो । 

    अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा दमननाथ दाइ आउनुभएको थियो । उहाँको यो क्षेत्रबाट लड्ने ठाउँ अन्तिममा मात्रै निश्चित भएको हुँदा जनतासम्म पुग्न ढिला भएको थियो । त्यस्तै, नचिनेको भन्दा चिनेको मान्छेलाई भोट दिने भनेर स्थानीय मत विपक्षीलाई बढी गयो । यसको प्रभाव प्रदेशमा समेत देखियो । 

    अहिले हाम्रो जिल्ला सभापतिज्यू नै यो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । उहाँ जिल्ला सभापति भएर लामो समय स्थानीय स्तरमा जनताका लागि काम गर्नुभएको व्यक्तित्व समेत हुनुहुन्छ । त्यसैले यसपटक काँग्रेसलाई भोट हाल्न जनता उच्साहित हुनुहुन्छ । 

    हाम्रो प्रतिस्पर्धी दलको उम्मेदवारको अभिव्यक्तिको शैली र घमण्ड र उहाँमाथि लागेका आरोपका कारण समेत उम्मेदवार र सो पार्टीप्रति जनता निराश भइसकेका छन्  । 

    प्रतिनिधिसभाको हिसाबले मध्यपुर थिमि र सुर्यविनायकको मत जोडिँदा स्थानीय निर्वाचनका अंकगणितका आधारमा कांग्रेसको मत बलियो छ । तर, सुर्यविनायक आफैँमा चाहिँ फरक फरक उम्मेदवारको परीक्षण गर्दा समेत विपक्षी अघि देखिएको सन्दर्भमा विपक्षी उम्मेदवारको अभिव्यक्तिकै आधारमा परिणम उल्टिन्छ भन्ने विश्वास कसरी गर्ने ?

    एउटा व्यक्ति व्यक्ति मात्रै हुँदैन, संस्थाको जिम्मेवारी पनि उसमा हुन्छ । अझ निर्वाचित जनप्रतिनिधि अझै संयमित हुनुपर्छ । एउटा संस्थाले जे पायो त्यही बोल्ने, जे मनलाग्यो त्यही गर्दै हिँड्ने कारणले स्वभाविक रुपले आम जनतामा नकारात्मक असर पर्छ । 

    फेरि हामी कमजोर भयौं भनेर हामीले आफ्नो संगठन विस्तार र जनताको काममा पछि हटेका छैनौं । अंकगणितीय रुपमा हेर्ने हो भने पनि हामी स्थानीय निर्वाचनमा १५ सय मतले पछि पर्यौं, जबकी यो क्षेत्रमा गठबन्धनका साझेदार दलहरु माओवादी र एकीकृत समाजवादीको चुनाव चिन्हमा १८ सय वटा छाप लागेर बदर भएका छन् । त्यो प्राविधिक कमजोरीलाई दोहोयाउन नदिने अवस्थामा यसपटक हामीले सजिलै निर्वाचन जित्न सक्छौं भन्ने विश्वास छ । 

    अहिलेको हिसाबले तपाइँले कति मतान्तरले जित्ने अपेक्षा गर्नुभएको छ ?

    स्थानीय निर्वाचनमा भएको हिजो गठबन्धनमा माओवादी थिएन, त्यसबेला समाजवादीसँग मात्रै गठबन्धन थियो । अब माओबादीसँग पनि भएको छ । यसकारणले हामी ३/४ हजार अगाडी छौं र त्यही मतले जित्छौं भन्ने अनुमान छ । 

    तपाइँहरुको मुख्य चुनावी एजेण्डा चाहिँ के हो ? सूर्यविनायकले सांसद बनाएर पठायो भने यो क्षेत्रका लागि तपाइँले के के गर्न सक्नुहुन्छ ? 

    विगतमा कम्युनिष्ट सरकारले गरेका गलत कामहरुलाई रोक्ने र देशलाई समुन्नतिको दिशा दिने नै हाम्रो प्रमुख एजेण्डा हो । हामीले वर्षौंको मिहिनेतबाट निर्माण गरेको संविधान र यसले गरेको व्यवस्थालाई संरक्षण गर्नु प्रमुख एजेण्डा हो । हिजो भएको सरकारले २/२ चोटी गरेको संसद विघटनको परिणामस्वरुप अहिलेको गठबन्धन गर्नुपरेको हो ।  

    त्यसबाहेक अब बन्ने सरकारले स्थायित्व र देशको समुन्नतिको प्रष्ट खाका लिएर अघि बढ्छ । यसका लागि हाम्रो पार्टीले विस्तृत भिजनसहितको घोषणापत्र सार्वजनिक गरेको छ । मैले मेरो क्षेत्रको समस्या समाधान र आवश्यकता परिपूर्तिका लागि प्रदेशसभामा रहेर योगदान गर्नेछु । 

    यो क्षेत्रमा शिक्षा, स्वास्थ क्षेत्रमा ठूलो सम्भावना देखिएको छ । यी क्षेत्रको विकासमार्फत् रोजगारी तथा सिर्जना गर्नु मेरो प्रमुख उद्देश्य हुनेछ । 


    images

    Logo