images
images

तरलता बढेपछि राष्ट्र बैंक धाउँदै बैंक, एकै महिना ३६ अर्ब थपियो ऋण


  • 415
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    तरलता बढेपछि राष्ट्र बैंक धाउँदै बैंक, एकै महिना ३६ अर्ब थपियो ऋण

    काठमाडौं । बजारमा तरलता घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट लिने ऋण बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट थप ३६ अर्ब रुपैयाँ ऋण लिएका छन् । 

    फागुन मसान्तमा राष्ट्र बैंकले बैंकहरुलाई ९० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको थियो । चैत मसान्तमा आइपुग्दा यस्तो कर्जा प्रवाह १ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । 

    त्यस्तै, बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राखेको निक्षेप पनि १ महिनामा २ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तमा १ खर्ब ७० अर्ब रुपैयाँ रहेको बैंकहरुको ऋण चैत मसान्तमा घटेर १ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ । 

    कोभिड–१९ महामारीको पहिलो लहर अन्त्य हुँदै गर्दा निजी क्षेत्रबाट ऋणको माग बढ्दै गएको छ । यस्तो अवस्थामा बजारमा तरलता कसिलो बन्दै गएको छ । बजारमा तरलता अभाव भएपछि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधाको प्रयोग गरेर ऋण लिने गरेका छन् । 


    images

    Logo