images
images

प्रकाशकीय

हामी आयौं, एउटा तृष्णा लिएर


  • 725
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    हामी आयौं, एउटा तृष्णा लिएर

    हामी आयौं, एउटा तृष्णा लिएर । अनलाईन समाचार पोर्टलको बाढीमा हामी पनि थपिएका छौं । अहिले अनलाईन पोर्टलको थालनी नौलो होइन । नौलो त हामीले के गर्दछौं भन्ने हो । हाम्रो अबको यात्रा कुन दिशा तर्फ केन्द्रित हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हो । 

    आर्थिक पत्रकारिता हामी र हाम्रो तृष्णा हो । समृद्र नेपाल निर्माणमा सञ्चारको क्षेत्रवाट सहयोग गर्ने हाम्रो चाहना हो । लोकतन्त्रको संस्थागत विकासले आम जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छ । हामी यी भुईमान्छेहरूको सफलताको कथा तपाईँहरूसँग बाड्न चाहन्छौं, जसको जीवन साँच्चै परिवर्तन भएको होस् । 

    आर्थिक क्षेत्रमा रहेर लामो समय कलम चलाएको हाम्रो अनुभवले भन्छ, अहिले पनि नेपालमा आर्थिक पत्रकारितामा गर्नुपर्ने काम धेरै छन् । आर्थिक विकास र समृद्धिका समाचार आउन बाँकी नै छन् । अर्थतन्त्रमा सम्भावनाको ढोका खोल्न ढिला भइसकेको छ । तर, पनि यी ढोकाहरू चाहेर पनि लामो समय बन्द गर्न नसकिने अवस्थामा हामी छौं । 

    समग्रमा भन्दा हामीले नीति निर्माणको क्षेत्रमा पैरवी गर्नेछौ । निजी क्षेत्रलाई काम गर्न उत्साहित बनाउनेछौं, आम जनताको अनुभव बाँड्नेछौं । सञ्चार माध्यमबाट हामीले गर्न सक्ने मोटामोटी काम यी नै हुन् भन्ने हामीलाई लाग्छ । पूर्वाग्रही नभैकन सकारात्मक सोच राखेर हामीले हाम्रो यात्रा अगाडि बढाउनेछौं । 

    कुनै पनि संस्था जन्मनु ठूलो कुरा होइन । ठूलो कुरा त त्यसले आफ्नो यात्रामा कति प्रभाव पार्न सक्छ भन्ने हो । हाम्रा अभिभावकहरूले मन खोलेर हाम्रो यात्रामा साथ दिनुहुनेछ भन्ने हामीलाई छ, हाम्रो उत्साहमा ऊर्जा थप्नु हुनेछ । यस घडीमा विज्ञ पाठक, सहयोगी हातहरू र मार्गदर्शन गर्ने अग्रज तथा अभिभावहरूबाट सधैँ सहयोग पाउनेछौं भन्ने आशा र विश्वास लिएका छौं । तपाईहरूकै कारण हामी हाम्रो उद्देश्यको महामार्गमा यात्रा गर्न पाउनेछौं । यही हाम्रो तृष्णा पनि हो ।


    images

    Logo