images
images

राष्ट्र बैंक ल्यायो नयाँ कार्यविधि, अब नक्सा होइन, गुगल प्लस कोड 


  • 719
    SHARES
  • २०७८ बैशाख १४ गते मंगलबार

    राष्ट्र बैंक ल्यायो नयाँ कार्यविधि, अब नक्सा होइन, गुगल प्लस कोड 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गुगलको गुगल प्लस कोडलाई आधिकारिक मान्यता दिएको छ । आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थालाई यस्तो कोड अनिवार्य रुपमा प्रयोग गर्न निर्देशन दिँदै बैंकले गुगल प्लस कोड सञ्चालनसम्बन्धी मापदण्ड समेत जारी गरेको छ ।

    सोमबार राष्ट्र बैंकले यस्तो मापदण्ड जारी गर्दै अवदेखि बैंक तथा वित्तीय संस्था प्रयोग गर्ने घर ठेगाना पद्दतिमा गुगल कोड प्रणालीलाई प्रयोग गर्न भनेको हो । 

    यो प्रणालीको प्रयोग गरेपछि गुगलको जीपीएस एप प्रयोग गरी सो कोडका आधारमा बैंकले सम्बन्धित व्यक्ति वा सेवाग्राही बस्ने स्थान सजिलै पत्ता लगाउन सक्छ । यसले अहिलको हुलाक सेवा प्रणाली समेत थप व्यवस्थित हुने राष्ट्र बैंकको विश्वास छ । 

    कार्यालयहरुले अब यस्तो कोड जेनेरेट गरी आफ्नो कार्यालयको होर्डिङ बोर्डम समेत अनिवार्य रुपमा यस्तो कोड राख्नुपर्ने राष्ट्र बैंकले नियम बनाएको छ । यस्तो कोड टाढाबाट पढ्नसक्नेगरी नीलो पृष्ठभूमिमा सेतो अक्षरले लेख्नुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ । 

    यो कोडको प्रयोग गर्दा सेवाग्राहीसँग कुनै पनि थप शुल्क वा कुनै खास सेवामा अतिरिक्त शुल्क लिन नपाइने राष्ट्र बैंकले प्रष्ट पारेको छ । 

    राष्ट्र बैंकको सो निर्देशनसँगै अब बैंकहरुले केवाईसी फाराम भर्दा घरको लोकेसनको सट्टा गुगल कोड माग्नेछ । सो कोडको आधारमा कुनै पनि ग्राहक वा सेवाग्राहीको लोकेसन पत्ता लगाउन सहज हुनेछ । यसले अहिलेको हुलाक सेवा समेत थप व्यवस्थित हुने राष्ट्र बैंकले अपेक्षा गरेको छ । 


    images

    Logo