काठमाडौं । काठमाडौं उपत्यका छोडेर गृहजिल्ला फर्किनेको चाप बुधबार पनि त्यतिकै रह्यो । मङ्गलबारको तुलनामा बुधबार बिहानदेखि नै गोंगबु नयाँ बसपार्कमा यात्रुको बाक्लो भीड दे खिन्थ्यो । यात्रुको चापसँगै सार्वजनिक यातायातका पर्याप्त सवारीसाधन नहँुदा सर्वसाधार णले निकै सास्ती भोग्नु परेको थियो ।
यातायात व्यवसायीले एक्कासी यात्रुको चाप बढेकाले सवारीसाधन व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् । दशैँ र तिहारमा १०/१५ दिनअघि नै अग्रिम ‘टिकट बुकिङ’ खुल्ने भएकाले जिल्ला फर्किने यात्रुको विस्तृत सङ्ख्या मूल्याङ्कन गरी सवारीसाधनको व्यवस्था हुने गरेको बताइन्छ ।
कोरोना सम्झाउने भीड देखेर सुरक्षाकर्मी र यातायात व्यवसायीलाई नजिक जान समस्या देखिन्थ्यो तर मङ्गलबार बिहानदेखि लागेको यात्रुको चाप रातभर सवारीको जोरजाम गर्दा पनि नघटेको व्यवसायी बताउँछन् । उपत्यकामा चल्ने बस समेत बुकिङ गरी जिल्ला पठाइएको छ । वैशाख १६ गते बिहीबारबाट उपत्यकाको तीन जिल्लामा निषेधाज्ञा जारी भएको छ । गोरखापत्रबाट



