images
images

नयाँ पुनर्बीमा आउने बाटो खुल्यो, २१ दिनभित्र प्रस्ताव गर्न बीमा समितिको आह्वान

यसअघिका सबै प्रस्ताव रद्द


  • 649
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    नयाँ पुनर्बीमा आउने बाटो खुल्यो, २१ दिनभित्र प्रस्ताव गर्न बीमा समितिको आह्वान

    काठमाडौं । नेपाली बजारमा नयाँ पुनर्बीमा स्थापना गर्ने बाटो खुला भएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको स्थापनाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेसँगै नेपाली बजारमा नेपाल पुनर्बीमा कम्पनीको प्रतिस्पर्धी आउने बाटो खुला भएको हो । 

    बिहीबार बीमा समितिले सूचना जारी गर्दै सूचना प्रकाशित भएको २१ दिनभित्र यस्तो कम्पनी खोल्न प्रस्ताव गर्न आह्वान गरेको छ । प्रस्तावित पुनर्बीमा कम्पनीमा कम्तीमा १० अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने, हालको नेपाल पुनर्बीमा कम्पनीको क्रस होल्डिङ भएको हुन नहुने व्यवस्था गरिएको छ । 

    अहिले बीमा समितिमा पुनर्बीमा कम्पनी स्थापनाका लागि दर्ता भएका सबै निवेदनलाई रद्द गरिएको पनि बीमा समितिले जनाएको छ । ती सबै कम्पनीहरुले समितिमा पुनः प्रस्ताव पेश गर्नुपर्नेछ । नयाँ पुनर्बीमा कम्पनीले गर्ने स्थापना प्रस्तावलाई कारण खुुलाई वा नखुलाई स्वीकृत गर्ने वा नगर्ने अधिकार समितिमा रहेको समेत स्पष्ट पारिएको छ । 

    अहिले बजारमा चार वटा नयाँ पुनर्बीमा कम्पनी खोल्ने गृहकार्य अघि बढिरहेको छ । काठमाडौं रिइस्योरेन्स कम्पनी, अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरुले यसअघि नै सम्पूर्ण तयारी पूरा गरेर बीमा समितिमा नयाँ पुनर्बीमा कम्पनी दर्ताका लागि निवेदन दिइसकेका छन् । 

    beema-samiti-notice.JPG


    images

    Logo