images
images

किन लगाइयो पत्रकार महासङ्घको भवनमा डोजर ?


  • 648
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    किन लगाइयो पत्रकार महासङ्घको भवनमा डोजर ?

    डडेल्धुरा । नेपाल पत्रकार महासङ्घ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ ।  महासंघलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पुर्याएको घटनाप्रति  महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासङ्घका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । 

    महासङ्घले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासङ्घसँग रहेका अवस्थामा प्रचलित कानून विपरीत  भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ । सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ । 

    डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिए ।  महासङ्घले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पु¥याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारवाही नगरिएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।


    images
    images

    Logo