images
images

आइतबारदेखि आन्तरिक उडान नियमित हुने


  • 1.2K
    SHARES
  • २०७८ आषाढ २५ गते शुक्रबार

    आइतबारदेखि आन्तरिक उडान नियमित हुने

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा लगाएको बन्देज खुला गरेको छ । प्राधिकरणले बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि उडानको कोटा प्रणाली हटाएको हो । आन्तरिक उडानमा जति माग्यो त्यति नै हुने प्राधिकरणका प्रवक्ता राजकाुमार क्षेत्रीले बताए ।

    ‘अव नियमित ६० देखि ७० वटासम्म उडान हुन्छ,’ उनले भने ‘वायुसेवा कम्पनीमा देशभरीका यात्रुको चाप बढ्दै गएपछि उडान नियमित गरिएको हो । ‘ यति उति उडानभन्दा पनि चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएका छौं,’ उनले भने ।

    उडान संख्या कम हुँदा टिकट पनि महँगो भएको गुनासो  यात्रुहरुले गर्दै आएका छन् । तर, सबै उडान खुला गरिएपनि विमान स्थलमा भिडभाड हुन नदिन समयको व्यवस्स्थापनमा भने विशेष ध्यान दिने उनले बताए । 

    विमान सञ्चालकहरुसँगको छलफल पछि त्रिभुवन विमान स्थलको भिड व्यवस्थापन गर्न नयाँ रणनीति बनाउने उनले बताए । अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएको छैन । 

    मन्त्रीपरिषदले यसभन्दा पहिला ५० प्रतिशत मात्र वायु सेवाको उडान गर्न कोटा प्रणालीबाट आन्तरिक हवाई सञ्चालन गर्ने अनुमति दिएको थियो ।

     


    images

    Logo