images
images

निषेधाज्ञामा कसरी हुँदैछ खाद्यान्नको आपूर्ति ?


  • 743
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    निषेधाज्ञामा कसरी हुँदैछ खाद्यान्नको आपूर्ति ?

    काठमाडौं । खाद्य तथा व्यापार कम्पनीमा २९ हजार मेट्रिक टन खाद्यान्न स्टक रहेको छ । कम्पनीसँग अहिले धान, चामल, गहुँ गरी करिब २९ हजार मेट्रिक टन खाद्यान्न स्टक रहेको कम्पनीकी प्रवक्ता सर्मिला सुवेदीले जनाकारी दिइन् । 

    अहिले कम्पनीले ५ हजार मेट्रिक टन  चामल धमाधम खरिद गरिरहेको छ भने १ लाख ८६ हजार ४४० क्विन्टल धान स्टक रहेको छ । ५० हजार क्यिन्टल चामल सम्झौता भइ आउने क्रममा रहेको छ । त्यसरी नै कम्पनीले ३० हजार क्विन्टल खरिद गरिसकेको छ भने ४४ हजार क्विन्टल गहुँ खरिदको प्रक्रियामा रहेको छ । 

    ‘कम्पनीले आम उपभोक्तालाई घरघरमै पनि निःशुल्क सेवा दिइरहेको छ । रिङरोड भित्र खाद्य कम्पनी आफैले र बाहिर ‘सस्तो डिल’ मार्फत निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ,’ सुवेदीले भनिन् ‘खाद्यान्न पाइदैन भनेर आतिनु पर्दैन ।’ हामी आम उपभोक्तालाई घरघरमै सेवा दिन तयार छौं ।’   

    खाद्यान्न पाइदैन कि भनेर आम उपभोक्तालाई नआत्तिन र अनावश्यक खाद्यान्न स्टक नराख्न पनि आग्रह गरेकी छिन् ।   

    निषेधाज्ञामा पनि ४ बिक्रीकक्षबाट खाद्यान्न बिक्री गर्ने 

    निषेधाज्ञा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानबाट ग्राहकलाई सेवा दिने भएको छ । सरकारी स्वामित्वको खाद्य कम्पनीले थापाथली र ललितपुर नख्खुको बिक्री कक्ष बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म तीन सिफ्टमा सञ्चालनमा रहने छ । रामशाहपथ र सूर्य विनायकको बिक्री कक्ष  बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहने छ । 

    कम्पनीको यी बिक्री कक्ष र अनलाइन डेलिभरीमा पनि कम्पनीले विभिन्न ब्राण्डको चालमदेखि कर्णालीको सिमी, जुम्ली मार्सी धानको चामल, खाने तेल, घ्यू, स्यानिटाइजरलगायत वस्तु खरिद गर्न पाइने छ । 

    त्यस्तै उपत्यकासहित पोखरा र सुर्खेतमा अनलाइनबाटसमेत खाद्य सामग्री अर्डर गर्न सकिने छ । कम्पनीले ‘नेपाल फुड’ ब्रान्डमा खाद्य सामग्रीहरू अनलाइनमार्फत् बिक्री गर्दै आएको छ । 

    कम्पनीले गत वर्ष लकडाउन भएका बेला अनलाइनमार्फत खाद्यान्न बिक्री गरेको हो । 


    images

    Logo