images
images

१२ ठाउँमा स्मार्ट सहर बन्दै : प्रत्येकलाई एक/एक अर्ब लाग्ने अनुमान


  • 1.3K
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    १२ ठाउँमा स्मार्ट सहर बन्दै : प्रत्येकलाई एक/एक अर्ब लाग्ने अनुमान

    काठमाडौं । सातवटै प्रदेशमा पर्ने  गरी  मुलुकभर  १२  वटा  स्मार्ट  सहरको  निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ  स्मार्ट  सहर  निर्माणका  लागि  निर्णय  गरी  बजेट  निकासालगायतका  काम  अगाडि  बढाएको हो । 

    गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो । सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई ।।।गेम चेन्जर आयोजना’ का रूपमा अगाडि बढाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले देशभरि  १२  वटा  स्मार्ट  सिटी  निर्माण  गर्ने  मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । 

    सो निर्णयसँगै सोको बजेट निकास, अध्ययन, डिजाइन निर्माण तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यासको तयारी भइरहेको जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहट जिल्लाको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डुलाई स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको थियो । 

    त्यसैगरी  गण्डकी  प्रदेशको  वालिङ,  लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु तथा सुदूरपश्चिमको भीमदत्त र अमरगढी नामका स्मार्ट सहर निर्माण गर्ने निर्णय गरिएको थियो  ।  बाह्रवटा  स्मार्ट  सहरमध्ये  ११  वटा  नयाँ  सहर  विकास  आयोजनाअन्तर्गत  तथा  भक्तपुरको  गुन्डुलाई  उपत्यका  विकास  प्राधिकरणअन्तर्गत  स्मार्ट  सहर  निर्माण  गर्न  लागिएको हो ।

    मुलुकभरि १२ वटा स्मार्ट सहर निर्माण गर्ने सरकारको नीतिगत निर्णयसँगै वातावरणीय अध्ययनका  साथै  त्यसको  निर्माणका  लागि  बोलपत्र आह्वान गर्न मन्त्रालयले आवश्यक तयारी सुरु गरिसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । प्रस्तावित प्रत्येक स्मार्ट सहर  निर्माणका  लागि  एक÷एक  अर्ब  रुपियाँ  लाग्ने अनुमान गरिएको उनले बताए । गोरखापत्र दैनिकबाट


    images

    Logo