images
images

बजारमा नाडेप लघुवित्तको साढे ८ लाख कित्ता शेयर थपिँदै, मूल्यमा कस्तो पर्छ प्रभाव?


  • 2.1K
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    बजारमा नाडेप लघुवित्तको साढे ८ लाख कित्ता शेयर थपिँदै, मूल्यमा कस्तो पर्छ प्रभाव?

    काठमाडौं । नाडेप लघुवित्त साधारणसभा बोलाएको छ । लघुवित्तले जेठ ७ गते काठमाडौंको नागार्जुनस्थित एक पार्टी प्यालेसमा बस्नेगरी छैटौं साधारणसभा बोलाएको हो । सो साधारणसभा जुम एपमार्फत् सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 

    सो साधारणसभामा हाल कायम रहेको ७०ः३० अनुपातको संस्थापक र साधारण शेयरको संरचनालाई परिवर्तन गरेर ५१ः४९ बनाउने विशेष प्रस्ताव पेश गरी पारित हुनेछ । 

    अहिले नाडेपले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर जारी गरेको छ । सो शेयरमध्ये ३० प्रतिशत बराबर हुन आउने १२ लाख कित्ता शेयर अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ । अहिलेको संरचना परिवर्तन भई १९ प्रतिशत शेयर हुँदा थप ८ लाख ४० हजार कित्ता शेयर बजारमा थप हुनेछ । 

    अहिले नाडेपको शेयर १ हजार रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भइरहेको छ । १९ प्रतिशत संस्थापक शेयर साधारण बन्दा यसले बजारमा शेयरको आपूर्ति धेरै भई मूल्यलाई नकारात्मक प्रभाव पार्नसक्ने अवस्था देखिन्छ । यद्यपि डिप्राेक्ससँगकाे मर्जर प्रक्रियाका कारण नाडेपकाे शेयर दाेस्राे बजारमा काराेबार राेकिएकाे छ । 


    images

    Logo